कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव ८ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो ।
जिल्लामा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन् ।
आर्थिक वर्ष २०७९/८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आव २०८०/८१ मा आठौँ स्थानमा उक्लिएको उनले बताइन् । कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दसौँ स्थान छ ।
यद्यपि कोशी प्रदेशमा भने सोलुखुम्बुले दोस्रो स्थान हासिल गरेको छ । धनकुटा ९५ दशमलव ८ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।