logo-img

नेप्सेकाे उकालाे यात्रा जारी

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ७० अंकले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २१ अंकले उकालो लागेर चार सय ८३ दशमलव ६८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको सेयर मूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ ।

नेप्सेका अनुसार, पाँच करोड नौ लाख ४६ हजार आठ सय ३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् । 

नेप्सका अनुसार विभिन्न छ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर,सोनापुर मिनरल्स र सर्वोत्तम सिमेन्ट छन् ।

यस्तै, एनआरएन इन्फास्ट्रक्चर आठ दशमलव शून्य चार,सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९,आरम्भ चौतारी लघुवित्त चार दशमलव ९३, रुरु जलविद्युत् परियोजना चार दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।





  • प्रकाशित मिति : साउन २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया