पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले आफ्नो बाटोभन्दा विपरीत गएर खुकुलो नीति ल्याएको बताएका हुन् ।
उनले भने, ‘विगत शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले साथ दिनु भएन । प्रचण्डको सरकारलाई पनि गभर्नरले साथ दिनु भएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आउनासाथ उहाँले अलिकति खुकुलो गर्नुभयो । आफ्नो बाटोभन्दा विपरीत खुकुलो नीति ल्याउनुभयो । यस्ता कुरामा जनताको प्रतिनिधि खुलेर बोल्नुपर्छ ।’
यसको साथै उनले समग्रमा वित्तिय नीति र मौद्रिक नीतिको तालमेल मिलेको पनि बताए । उनले राज्यको निकायमा बसिसकेपछि जुनसुकै पृष्टभूमिको भएपनि जनता र राष्ट्रको बारेमा सोचेर काम गर्नुपर्ने भन्दै इगो लिएर काम गर्न नसक्ने बताए ।
उनले कुनै चलखेल र लेनदेनविना काम गर्ने राम्रो र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने बताए । उनले भने, ‘धितो पत्र बोर्डमा प्रोफेसनल र नेतृत्वका विषयमा धेरै कर्पोरेट हाउसले चासो राखेका छन् । मुख्य चासो नियामक र राम्रो नेतृत्व होस भन्ने छ । फेयर र असल मान्छे आउनुपर्यो । गठबन्धनले राम्रो नेतृत्व ल्याउनु पर्छ । धितो पत्र बोर्डको अध्यक्ष राम्रो होस र नियमन गर्न सकोस । कुनै लेनदेन गर्ने खालको नहोस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।