एसियन कप ट्रायथलनकाे उपाधि जापानिज खेलाडी ओदाकुरालाई

पोखरा– पोखरामा आयोजित प्रथम एसियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानिज खेलाडी माकोतो ओदाकुराले जितेका छन्।

ओदाकुराले निर्धारित ट्रायथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७ सय ५० मिटर स्विमिङ र ५ किलोमिटरको दूरी ५४ मिनेट १७ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । 

उनी विश्व वरीयतामा ६३औं र एसिएन क्षेत्रमा दोस्रो स्थानमा रहेका खेलाडी हुन्।

त्यस्तै, पोल्यान्डका खेलाडी डान मेसिन्तोसले ५४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गर्दै रजत पदक जिते । कोरियाका जी ह्वान किमले ५५ मिनेट ०२ सेकेन्डमा लक्ष्य पूरा गर्दै कांस्य पदक पाए । 

महिलातर्फको प्रतिस्पर्धा एक घण्टा ०२ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै कोरियन खेलाडी ए जिन पार्कले स्वर्ण पदक जितिन्।

दोस्रो स्थानमा जापानकी कोनामी यासिओडाले १ घण्टा ३ मिनेट ५१ सेकेन्डमा लक्ष्य पूरा गर्दै रजत पदक प्राप्त गरिन्। त्यसै गरी जापानकै नाओमी ताकामिनेले १ घण्टा ४ मिनेट ५५ सेकेन्डको समयमा लक्ष्य पूरा गर्दै कांस्य पदक जित्न सफल भइन्।



प्रतिस्पर्धामा पुरुषतर्फ २० र महिलातर्फ ९ खेलाडीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुआनिया, पोल्यान्ड, अस्ट्रेलिया, भारत र बंगलादेशबाट पुरुषतर्फ १९ र महिलातर्फ ८ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।



  • प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार ९:२७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया