७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

पोखरामा शैक्षिक मेला आयोजना गर्दै हब इन्टरनेशनल एजुकेशन

हब इन्टरनेशनल एजुकेशन पोखराले भोलि शनिबार ‘हब शैक्षिक मेला–२०२४’ आयोजना गर्ने भएको छ । पोखरा ट्रेड महलको तेस्रो तलाबाट पोखराकै न्यूरोडस्थित पूर्णिमा कम्प्लेक्समा सरेको अवसरमा हबले शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

पोखराबाट विगत १४ वर्षदेखि निरन्तर शैक्षिक परामर्श दिँदै आएको हब एजुकेशनको यस शाखाले शैक्षिक मेला प्रवेशलाई निःशुल्क बनाएको छ ।



उक्त शैक्षिक मेलामा विभिन्न सेसनहरू राखिएको छ । मेलामा साङ्गीतिक कार्यक्रम, स्वास्थ्य शिविर, फुट स्टल, करिअर काउन्सिलिङ, कविता प्रतियोगितालगायत रोचक खेलहरू समेत खेलाइने हबको पोखरा शाखाले जनाएको  छ ।



काठमाडौंको हात्तिसारमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको सपनालाई विगत १८ वर्षदेखि निरन्तर साकार पार्दै आइरहेको छ ।

हब एजुकेशनले विशेषगरी अस्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।

शिक्षा मन्त्रालयलबाट स्वीकृतिप्राप्त हब एजुकेशनले सक्षम र अनुभवी परामर्शदाताबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस रेटलाई पनि पूरा गर्दै आएको छ ।

यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारीपाटी (ललितपुर), पोखरा, चितवन बुटवल र भैरहवामा यसका शाखा रहेका छन् । यसैगरी अस्ट्रेलिया, युके, पाकिस्तान, भारत, श्रीलंका र फिलिपिन्समा यसका शाखा कार्यालय रहेका छन् । 



  • प्रकाशित मिति : २५ साउन, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया