१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

इजरायल जाने कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन

सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारको छनोट प्रक्रियालाई विश्वसनीय बनाउन आज एक छानबिन समिति गठन गरेको छ ।   


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता, सहसचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए । 



कामदारबाट पेस गरिएका कागजातको सम्बन्धमा पत्रपत्रिकामा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिँदै उनले छानबिन समितिले छनोट प्रक्रियामा पेस भएका कागजातको आधिकारिकताको जाँच गर्नाका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउने बताए ।

उनले आज विज्ञप्ति जारी गरी नेपाल र इजरायलबीच भएको द्विपक्षीय जिटुजी सम्झौता कार्यान्वयन गर्न यस मन्त्रालय सदैव तयार रहेको तथा जिटुजीमार्फत हुने छनोट प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । 





  • प्रकाशित मिति : २५ साउन, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया