logo-img

भक्तपुरमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु
फाइल तस्बिर

भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । आज अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बालिकालाई डा. ईवामुरा अस्पताल लगिएको र अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो ।

बालिकाको शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा राखिएको छ । प्रहरीले भक्तपुर नगरपालिका‐२ ख्वामा बस्ने ५९ वर्षीय चालक कान्छा देउपाललाई बससहित नियन्त्रणमा लिएको छ । 

हाल उनलाई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २५, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया