logo-img

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेपछि माइतीघरको पोलमा चढेर आत्महत्या प्रयास

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै एक महिलाले माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर आत्महत्याको प्रयास गरेकी छन् ।

जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् । दुई वर्षसम्म सम्बन्धमा रहेर केटाले बिहे गर्न नमानेको भन्दै उनी एक महिनाअघिदेखि धर्नामा थिइन् । 

धर्नामा बसेकी शाही आफूले राखेको ब्यानर हराएपछि माइतीघरस्थित पोलमा चढेकी थिइन् । प्रहरीले तत्काल उनलाई उद्धार गरेको छ । 

यसअघि पूर्वन्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले पनि वैवाहिक बलात्कार मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै सोही पोलमा चढेर आत्महत्याको प्रयास गरेकी थिइन् ।





  • प्रकाशित मिति : साउन २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया