काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेर एक युवकको मृत्यु भएको छ ।
शनिबार दिउँसो करिब ३ बजे सेन्टरको भवनबाट हामफाल्दा २१ वर्षीय स्वरूपराज आचार्य गम्भीर घाइते भएका थिए । उनकोे उपचारका क्रममा मृत्यु भएको हो ।
भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङबाट हामफाली उनी घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो ।
उपचारको क्रममा उनको निधन भएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।