हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले बंगलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।
आज शनिबार माइतीघर मण्डलामा बंगलादेशमा इस्लामिक जिहादीद्वारा हत्या गरिएका हिन्दूहरूको आत्माशान्तिको लागि उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो ।
विश्व हिन्दु महासंघ केन्द्रीय अन्तराष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मालम्बीमाथि भइरहेको अन्यायको निन्दाको रुपमा कार्यक्रम गर्दै आएको बताए ।
उनले भने, ‘बंगलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक संघसंस्थामाथि विशेष रुपमा त्यहाँको हिन्दु मन्दिरहरुलाई लक्षित गरेर मन्दिरहरु भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका हौँ । हिजो मात्र बंगलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापनपत्र पनि बुझाएका छौँ । आजको कार्यक्रम जति पनि सनातन धर्मालम्बीमाथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छौँ ।’
उनीहरुले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायत नारा लगाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।