नयाँ शक्तिसँग पार्टी एकता गर्न राजपा सकारात्मक

काठमाडौं– राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमभन्दा डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालसँग पार्टी एकता गर्न सकारात्म भएको छ । राजपाको आज बसेको पदाधिकारी समितिको बैठकमा नयाँ शक्तिसँग पार्टी एकता गर्न इच्छुक भएको हो । 

राजपा पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले फोरम नेपालसँग एकीकरणको विषयमा चिठी अदान प्रदान मात्र भएको र त्यसबाहेक अरु केही नभएको धारणा राखे ।

फोरम नेपालसँगै नयाँ शक्तिसँग एकीकरणका लागि अनौपचारिक छलफल भने भएको उनले बैठकलाई जानकारी गराए । 

बैठकमा पार्टीको महाधिवेशन, देशको समसामयिक राजनीतिक अवस्था, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, पार्टी एकीकरणलगायतका विषयमा छलफल भएको थियो । 

यता नयाँ शक्ति पार्टीले भने वैकल्पिक शक्तिरूबीच ध्रुवीकरणका लागि छलफल, सहकार्य र एकताका लागि नयाँ शक्ति पार्टी सधैँ तयार रहेको बताएको छ ।

नयाँ शक्तिका सूचना तथा सञ्चार विभाग प्रमुख विश्वदिप पाण्डेले बजारमा चर्चा भएजस्तो एकताकै उचाइमा कतै पनि कुनै पनि पार्टीसँग छलफल नभएको बताए ।



विभिन्न विकल्पमा राजनीतिक छलफल र कुराकानी सबै वैकल्पिक शक्तिहरुबीच नयाँ शक्ति पार्टीले बेलाबेला गरिरहेको उनको भनाई छ ।    



  • प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार १७:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया