काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र ज्ञानेन्द्रपथमा हिँडेको टिप्पणी गरेको छ । आइतबार संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाडले अहिलेको सरकारले ‘ज्ञानेन्द्रपथलाई उछिन्न खोजेको टिप्पणी गरे ।
प्रधानमन्त्री केपी ओलीले धेरै अधिकार आफैँमा केन्द्रित गर्न खोजेको भन्दै नेता खाडले उनी तत्कालीन राजा ज्ञानेन्द्रजस्तै बनेको आरोप लगाएका हुन् । विभिन्न बाहनामा सञ्चार माध्यममाथि सेन्सर गर्ने, प्रधानमन्त्रीले सेना परिचालन गर्न सक्नेजस्ता प्रयत्न सरकारको निरंकुशताको प्रमण भएको उनको टिप्पणी छ ।
नीति तथा कार्यक्रमअघि प्री–बजेट छलफल नगराउने सरकारको तयारीप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ । जनप्रतिनिधि र संसदलाई बाइपास गरेर सरकारले बजेट ल्याउन लागेको भन्दै संसदीय दलको बैठकले विरोध जनाएको हो ।
बजेट अधिवेशन भोलिदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
विगतमा नीति तथा कार्यक्रमभन्दा पहिले प्री–बजेट छलफल हुने गरेको स्मरण गराउँदै सरकार, सत्तारुढ दल र सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।