पुरुष ओडिआईमा अम्पायरिङ गर्ने पहिलो महिला बनिन् क्लेयर

दुबई– अस्ट्रेलियाकी क्लेयर पोलोसेक पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्ने पहिलो महिला बनेकी छिन् । ओमन र नामिबियाबीच शनिबार भएको आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा उनले यो सौभाग्य पाएकी हुन् । 

३१ वर्षे क्लेयर महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका १५ खेलमा अम्पायरिङ गरिसकेकी छिन् । सन् २०१६ मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच भएको महिला एकदिवसीय खेलबाट उनले अम्पायरिङ सुरु गरेकी थिइन् । 

गतवर्ष उनले महिला टी–२० विश्वकपको सेमिफाइनलमा पनि अम्पायरिङ गरेकी थिइन् । २०१७ मा महिला एकदिवसीय विश्वकपका ४ खेलमा क्लेयरले अम्पायरिङ गरिन् । २०१७ मै क्लेयर अस्ट्रेलियामा पुरुष क्रिकेटको कुनै पनि खेलमा अम्पायरिङ गर्ने पहिलो महिला बनेकी थिइन् । 





  • प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार २१:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया