वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका–३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबरको क्षति पुगको बताए ।
पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ । डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताए ।
यसैबीच वर्षातका समयमा विपद्का घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।