सिके राउतले दल दर्ता गर्न निर्वाचन आयाेगमा निवेदन दिए
तस्विर: सिके राउत फेसबुक पेजबाट

काठमाडौं–  डा. सिके राउतलेआइतबार  निर्वाचन आयोगमा ३५ केन्द्रीय सदस्य रहेको ‘जनमत पार्टी’ दर्ता गर्न निवेदन दिएका छन् । 

मधेशमा पृथकतावादी आन्दाेलनकाे नेतृत्व गरिरहेका राउतले गत फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झाैता गरेर आन्दाेलन छाेडेका थिए । सरकारसँग सम्झाैता भएकाे दुई महिनापछि उनी दल दर्ता गर्न निर्वाचन आयाेग गएका हुन् । 

राउतकाे फेसबुक पेजमा सार्वजनिक गरेअनुसार ३५ सदस्यकाे केन्द्रीय समितिकाे अध्यक्ष उनी आँफै छन् । समितिमा १२ महिला, दलित समुदायबाट ६ जना र मुस्लिम समुदायबाट ४ जना रहेका छन् । 






  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार ७:५७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया