logo-img

नेप्से ३० महिना यताकै उच्च विन्दुमा पुग्दा २७ अर्ब नाघ्यो सेयर कारोबार

सेयर कारोबार रकममा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार २५ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज उक्त रेकर्डलाई तोड्दै २७ अर्बभन्दा बढीको शेयर किनबेच भएको हो । 

सेयर कारोबार रकममा आइतबार बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको हो । कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेप्से परिसूचक ७०.८१ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २९३१ अङ्कमा कायम भएको छ । यो अङ्क ३० महिनायताकै अर्थात् २०७८ माघयताकै उच्च हो ।

सोमबार नेप्सेमा ३३९ स्टकको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० विन्दुभन्दा माथि बन्द भएको छ। आइतबार साढे ९४ अङ्क बढेको नेप्से, यस दिन ७०.८१ अङ्क बढेर २९३१.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०६ अङ्क बढेको छ।

यस दिन ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, शुभम् पावर, श्वेतगंगा हाइड्रोपावर, हिमालयन लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र अरुण काबेली पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।  





  • प्रकाशित मिति : साउन २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया