logo-img

पूर्वराजाका ज्वाइँसँग संसदीय छानबिन विशेष समितिले लियाे बयान

संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ। सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको विषयमा सिंहसँग साेधपुछ गरेकाे हाे । 

समितिले सोमबार सिंहलाई सिंहदरबारमै बोलाएर बयान लिएको हो । बयानमा सिंहले आफ्नो निजी सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्न लागेको बताएको समिति सभापति सूर्य थापाले बताए।

उनले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको समितलाइ बताए । 

ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न सिंहले अग्रसरता लिएका हुन् । सिंह सोही सहकारी संस्थाका सेयर सदस्य हुन् ।

उक्त सहकारी प्रकरणको अनुसन्धान गरिरहेकाे केन्द्रीय अनुसन्धान ब्युरोले पुल्चोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्युरोमा परेको जनाएकाे छ। 

सो सहकारीका प्रमुख सञ्चालक भरत महर्जनविरूद्ध पक्राउ पुर्जी जारी गर्दै नेपाल प्रहरीले इन्टरपोलमार्फत उनकाे खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ।





  • प्रकाशित मिति : साउन २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया