ट्रम्प र मिडियाबीच फेरि ‘ओपन वार

एजेन्सी- अमेरिकामा फेरि राष्ट्रपति डोनाल्ड ट्रम्प र मिडियाकर्मीहरुबीच ओपन वार सुरु भएको छ । ट्रम्पले वर्षमा एकपटक मिडियाकर्मीसँग हुने डिनरलाई वेवास्ता गरेपछि पुन:मिडिया र राष्ट्रपतिबीच वार सुरु भएकाे हाे । ट्रम्प राष्ट्रपति भएदेखि अहिलेसम्म पत्रकारहरुसँग डिनरमा गएका छैनन । 

शनिबार आयोजना गरिएको डिनरलाई वेवास्ता गरेर ट्रम्प अरु नै कार्यक्रममा सहभागी हुन विस्कन्सिन गएका थिए । कार्यक्रमकै क्रममा उनले मिडियामाथि भद्दा टिप्पणी पनि गरे । 

ट्रम्प वासिंग्टनबाट ११०० किलोमिटर टाढा विस्कन्सिनमा भएको एक र्यालीमा सहभागी हुन बेसबल क्याप लगाएर पुगेका थिए । उनले र्यालीलाई सम्बोधन गर्दै ९० मिनेटसम्म भाषण गरे । भाषणको क्रममा ट्रम्पले समाचारहरु सबै फेक भएको भन्दै मिडिया सबैको दुश्मन भएको टिप्पणी गरे । ट्रम्पले मिडियाको रेटिंग घट्दै गएको र मानिसहरुको विश्वास हराउँदै गएकोसमेत बताएका थिए । 

ट्रम्प डिनरमा नगएपछि ह्वाइट हाउस करस्पोन्डेन्ट्स एसोसिएशनका अध्यक्ष ओलिभिएर नोक्ससँग पनि प्रश्न उठाइएको थियाे तर उनले वासिंग्टन हिल्टनमा भएको डिनरमा सहभागीको ध्यान ट्रम्पप्रति केन्द्रित गर्न चाहेनन । 

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हालेपछि अहिलेसम्म मिडियासँग उनको सम्बन्ध राम्रो छैन । उनले मिडियालाई सधैं फेक भनेर टिप्पणी गर्दै आएका छन् । 

तर ट्रम्प ट्विटरलाई आफ्नो सञ्चारको मुख्य हतियार मान्छन् । उनको ट्विटरमा ६ करोड फलोअर्स छन् ।  





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार ९:४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया