अमेरिकाको बाल्टिमोर चर्चनजिक बन्दुक आक्रमण, १ को मृत्यु, ६ घाइते

वासिंगटन– अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोर चर्चनजिक बन्दुकधारीले गरेको आक्रमणमा १ जनाको ज्यान गएको छ भने ७ जनालाई गोली लागेको रिपोर्ट छ । घाइते ६ जनाको अवस्थाबारे खुलाइएको छैन । 

बाल्टिमोरको पर्किन्स स्क्वायर ब्याप्टिस्ट चर्च परिसरमा चलिरहेको नेबरहुड कुकआउट (छिमेकीहरुको वनभोज) मा स्थानीय समयअनुसार हिजो साँझ ५ बजेपछि अन्धाधुन्ध गोली प्रहार भएको हो । 

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारी कारमा आएका थिए, र सडकपारिबाटै गोली चलाउन सुरु गरेका थिए ।  

प्रहरीले घटना भएको क्षेत्रलाई सिल गरेको छ । प्रहरीले बन्दुकधारी भेटिए/नभेटिएकाे बारे केही खुलाएको छैन । 





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार ९:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया