राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
आज बिहान १० बजे सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बोलाएको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसअघि रास्वपाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमाथि पनि छलफल हुने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।