logo-img

धादिङबाट हराएका तीन बालिका बागलुङमा भेटिए

धादिङबेसीबाट सम्पर्कविहीन भएका तीनजना बालिका बागलुङमा भेटिएका छन् । गत बुधबार नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयका कक्षा ९ मा पढ्दै गरेकी रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ सम्पर्कविहीन भएका थिए । 

उनीहरू एक सातापछि बागलुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

कक्षा ९ मा अध्ययनरत रोशनी गत बुधबार ‘बिहान विद्यालय जान्छु’ भनेर हिँडेकी थिइन् । उनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी सुरु गर्दा उनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुल्यो । 

त्यसपछि खोजी गर्दा उनीहरू बागलुङमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू त्यहाँ कसरी र किन पुगे भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।  





  • प्रकाशित मिति : साउन २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया