मड्रिड– स्पेनको संसदीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार, सत्तारुढ सोसलिस्ट वर्कर पार्टी नै पहिलो भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजकै नेतृत्वमा अब नयाँ सरकार बन्नेछ ।
३५० सिटको तल्लो सदन र २६६ सिटको माथिल्लो सदन लागि आइतबार भएको निर्वाचनमा समाजवादी नेता पेड्रो सान्चेजको दलले १२३ सिट हात पार्यो । बहुमत सरकार गठनका लागि १७६ सिट आवश्यक छ । कुनै दलको बहुमत नभएकाले सबैभन्दा धेरै सिट जितेको सोललिस्ट वर्कर पार्टीले मिलिजुली सरकार बनाउनेछ ।
बितेका चार वर्षमा स्पेनमा भएको यो तेस्रो निर्वाचन हो ।
सान्चेजले गठबन्धन सरकार गठनका लागि क्षेत्रीय दलहरुसँग वार्ता सुरु गरेका छन् । जितपछि समर्थकलाई सम्बोधन गर्दै सान्चेजले संविधानको सम्मान गर्ने र सामाजिक न्यायलाई प्राथमिकता दिने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।