सुजाता कोइराला बुबा गिरिजाप्रसाद कोइरालाको पेरिफेरिमा रहेर नेपाली राजनीतिमा उदाइन् । उनी प्रायः शक्ति अभ्यासमा केन्द्रित भइन् । शक्तिको रुचि बढ्दा उनले आफूलाई अब्बल महिलाको रूपमा उभ्याउने कोसिस गरिन् । शक्तिको आडमै सुजाता उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत बनिन् ।
उक्त पद उनले बुबा गिरिजाको कारण पाएको भन्नेको कमी छैन । तर, सुजाताले जुन पद हासिल गरिन् त्यसले उनलाई कांग्रेस राजनीतिमा स्थापित गरायो । समयसँगै सुजाताले बलियो पञ्जा फिँजाइन् । ‘सुजाता दिदी’ भन्दै हिँड्नेहरूको लावालस्कर बढ्दै गयो । उनी सुजाता ‘दी’ ले चर्चित बनिन् ।
देशको राजनीति बुबा गिरिजाको वरिपरि रहँदा उनी शक्तिलाई पुज्नेको केन्द्रविन्दुमा थिइन् । उनको अघिपछि हिँड्नेको हुल हुन्थ्यो । उनी गिरिजाकी एक्ली छोरी थिइन् । बुबाको निधनसँगै सुजाताको शक्ति क्षय हुँदै गयो । उनका अघिपछि हिँड्ने भिड हराउँदै गयो । उनी एक्लीजस्तै भइन् । सुजाता ‘दी’ भन्दै हिँड्ने हुल अर्को शक्तिशाली नेता वा समूहको पछि कुद्न थाल्यो ।
मान्छे शक्तिकै पछि कुद्ने जात न हो । सुजाता बिरामी परिन् । उनलाई क्यान्सर भयो । उपचारमा लाग्दा उनले सधैं व्यस्त हुने राजनीतिक भेटघाटलाई कम गरिन् । कार्यकर्ताको आवतजावत पनि कम भयो । उनी धेरै समय घरमा नै आराम गर्न थालिन् । कार्यक्रममा उनको उपस्थिति पातलिँदै गयो ।
यसै महिना सुजाता दाजु शेखर कोइरालाको सचिवालयमा देखा परिन् । उनी आउनुअघि नै कार्यकर्ताले सचिवालय भरिएको थियो । सुजाता आउनुको कारण १५औँ महाधिवेशनमा दाजु शेखरसँग मिलेर जाने उद्घोष गर्नु थियो । दाजुबहिनीसँगै बसेर कार्यकर्तासँग वाचा गरे, ‘हामी मिलेर जान्छौँ ।’ सुजाताले शशांकलाई पनि आफूहरूसँगै ल्याउने वाचा गरिन् ।
१४औँ महाधिवेशनअघि पनि वाचाहरू भएका थिए । तीन कोइराला एक भएर जाने पटकपटक समाचार आएर बने । तीनजना (शेखर, सुजाता र शंशाक) ले मिलेरै जान्छौं एक मात्रै सभापतिको उमेदवार हुन्छौं भनेका थिए । तर, समयक्रमसँगै तीनैजना एकै ठाउँमा रहन सकेनन् । पार्टीभित्रका या बाहिरी कुन शक्तिले मिल्न दिएन त्यो खुलिसकेकै छ ।
सुजाता कुनै पार्टीको कार्यक्रममा होइन माइत आएकीझैं लाग्थ्यो । सबैले उनलाई दिदी भनिरहेका थिए । फोटो खिचिरहेका थिए । पुराना गफ गरिरहेका थिए । कांग्रेसको चिन्ता र चासो त छँदै थियो ।
सभापतिमा एक मात्रै उम्मेदवार त भए तर सुजाता उपसभापतिमा उठिन्, शशांक केन्द्रीय सदस्यमा उठे । दुई कोइराला पराजित भए भने शशांक केन्द्रीय सदस्यमा विजयी भए । फेरि कांग्रेसमा १५औँ महाधिवेशनको चर्चा सुरु भएको छ । सो चर्चासँगै कोइराला एकताको प्रयास सुरु भएको छ । तीन कोइराला मिलाउन कांग्रेसका नेता कार्यकर्ता लागेका छन् । कांग्रेसका पुराना नेताहरूलाई कोइरालाहरू मिले मात्रै कांग्रेसको ‘साख’ जोगिने विश्वास छ । साउनकै सुरुवातमा काठमाडौंमा सुजाता प्रमुख अतिथि हुने एक कार्यक्रम आयोजना गरियो । उनी साधारण मानिसजस्तै गरी कार्यक्रममा देखिइन् ।
उनलाई खादामाला लगाउने भिड थिएन । न उनको अघिपछि लाग्ने लावालस्कर नै । न ‘सुजाता दिदी जिन्दावाद’ भन्ने हुल नै थियो । कांग्रेसमा देखिने विरलै दृश्य थियो त्यहाँ । सिन्धुपाल्चोकका पूर्वसभापति भूपेन्द्रबहादुर थापाले सुजातालाई स्वागत गरे । कार्यक्रम सुरु नभएकाले उनी कुर्सीमा बसिन् । नेताकार्यकर्ताले उनलाई घेरे ।
उमेरले उनी सात दशक नजिक होलिन् । तर, नामैले सबैलाई चिन्थिन् । ‘ए भाइ तिमी पनि आएका छौँ ?,’ उनी सोधिरहेकी थिइन् । साधारण जस्ता देखिने कार्यकर्तासँग उनी मज्जाले हाँसेर बोलिरहेकी थिइन् । त्यहाँको दृश्यले हाइफाइ गर्नेहरूले पार्टी कब्जा गरेको कांग्रेसमा पनि यस्तो हुन्छ र भन्ने लाग्थ्यो । उनलाई लुगा कपडाले केही फरक परेकै थिएन । सुकिलामुकिलाको पार्टी भनेर चिनिने कांग्रेसमा तिनीहरू अहिलेको समयमा अपवाद थिए । तर, बिपीका सच्चा अनुयायीहरू तिनीहरू नै थिए । सुजाता कुनै पार्टीको कार्यक्रममा होइन माइत आएकीझैं लाग्थ्यो । सबैले उनलाई दिदी भनिरहेका थिए । फोटो खिचिरहेका थिए । पुराना गफ गरिरहेका थिए । कांग्रेसको चिन्ता र चासो त छँदै थियो ।
लामो समयपछि कार्यकर्ताको भिडमा आफूलाई पाउँदा उनी खुसी देखिन्थिन् । अझ भनौं खुसी उनको मुहारमा छरपस्ट देखिन्थ्यो । उनले धेरैसँगको फोटो आफ्नै मोबाइलबाट लिइन् । कताकता उनमा गिरिजाप्रसादको झझल्को देखिन्थ्यो । कार्यक्रम सुरु भएपछि उनलाई मञ्चमा लगियो । करिब ५ सय नेता कार्यकर्ता माझ आफूलाई उभ्याउन पाउँदा उनी दंग थिइन् ।
१५औं महाधिवेशनमा कुनै पद नलिएर दाजु शेखरलाई सभापति बनाउने अभियानमा आफू होमिएको उनी बताउँछिन् । त्यसैका लागि प्रत्येक हप्ता उनी शेखरको सचिवालयमा बसेर कार्यकर्ता भेट्छिन् । कुरा सुन्छिन् । शेखरलाई सभापति बनाउन उनले आफूले मात्रै संकल्प गरिनन् कार्यकर्तालाई पनि आह्वान गरिन् । त्यही मुद्दा लिएर कार्यकर्तामाझ जिल्ला जिल्ला पुग्ने उनले बताइन् ।
धेरै वक्ता थिएनन् । जो थिए उनीहरू कांग्रेस हाँक्ने नेताहरू थिए । नेताहरूले कांग्रेस पार्टीमाथि आक्रोश पोख्दा उनी पनि आक्रोशित हुन्थिन् । सुजातामा कसरी पार्टीलाई पुरानो अवस्थामा फर्काउने चिन्तामा भएजस्तो लाग्थ्यो । जब गिरिजा, बिपी र शेखरको नाम कार्यकर्ताले लिन्थे उनको मुहार उज्यालिन्थे । आँखा रसिला देखिन्थे । क्षणभरमै आँसु भरिन्थे । उनले आफ्ना पितापुर्खाले बनाएको पार्टी अहिलेको अवस्थामा पुग्यो भनेर दुःख मनाउ गरिन् । सायद उनले आफ्नो सुखद बाल्यकाल सम्झिइन् । उनको मुहारका संकेतहरू परिवर्तन भइरहन्थे । उनले बेल्दै गर्दा १४औं महाधिवेशनमा दाजु शेखरलाई सहयोग नगरेर गल्ती गरेको स्वीकारिन् ।
१४औं मा उनी प्रकाशमान सिंहको उपसभापति भएर निर्वाचन लडेकी थिइन् । गणेशमान र गिरिजाले पार्टीलाई सहकार्यबाट अगाडि बढाएको भन्दै उनका छोराछोरी मिलेर अघि बढेको उनीहरूले बताएका थिए । तर, उनीहरूले सफलता पाएनन् । महाधिवेशन भएको करिब तीन वर्षपछि उनले कांग्रेस नेतृत्व कोइराला परिवारबाट टाढा गएकोमा सार्वजनिकरूपमा दुःखेसो पोखिन् । सुजाताले पहिला गरेको निर्णयहरूमा पश्चाताप गरिन् । उनले जसरी नि कोइराला परिवारमा नेतृत्व पर्खाउने बताइन् ।
१५औं महाधिवेशनमा कुनै पद नलिएर दाजु शेखरलाई सभापति बनाउने अभियानमा आफू होमिएको उनी बताउँछिन् । त्यसैका लागि प्रत्येक हप्ता उनी शेखरको सचिवालयमा बसेर कार्यकर्ता भेट्छिन् । कुरा सुन्छिन् । शेखरलाई सभापति बनाउन उनले आफूले मात्रै संकल्प गरिनन् कार्यकर्तालाई पनि आह्वान गरिन् । त्यही मुद्दा लिएर कार्यकर्तामाझ जिल्ला जिल्ला पुग्ने उनले बताइन् ।
नेपाली राजनीतिमा नेपाली कांग्रेसमा कोइराला परिवारको नाम श्रद्धाले लिइन्छ । तर, गिरिजाप्रसाद र सुजाताले गर्दा कांग्रेस बदनाम भएको तर्क गर्नेहरू पनि छन् । त्यतिबेला भन्दा अहिले कांग्रेस झनै कमजोर भएको छ । गुण्डागर्दी, पैसावाल, डन, उद्योगी, व्यापारीले पार्टी कब्जा गरेका छन् । बिपीले देखेको समाजवाद अक्षरमा मात्रै सीमित छ ।
‘सर्वसाधारणले तपाईंले बुबाहरूले ल्याएको प्रजातन्त्र यही हो’ भन्दै प्रश्न गर्दा उनी अवाक् हुन्छिन् । ‘तपाईंको बुबाहरूले अहिलेको अवस्था देखाउन १९ वर्ष जेल बसेर प्रजातन्त्र ल्याएको हो’ भन्दा उनीसँग केही जवाफ हुन्न । ‘गणतन्त्रको शासनमा भ्रष्टाचार, घुसखोरी, बेथिति, निराशा मात्रै छ म के भनेर उत्तर दिउँ’ उनी निराश हुँदै भन्छिन् । बीपीले सबै नेपालीको समृद्धिको लागि राणाशासन र पञ्चायतविरुद्ध लडेका थिए । उनका बुबाले ०४६ र ०६२/६३ को जनआन्दोलन हाँकेका थिए ।
उनीहरूले ल्याएको प्रजातन्त्र/गणतन्त्रले तपाईं हामीले चाहेको कुरा बोल्न लेख्न पाएका छौँ । तर, उनीहरूले जनतालाई सुख दिन देखेको सपना भने कतै धूमिल भएको छ । युवा पलायन भएकोमा पनि सुजाताले चिन्ता व्यक्त गरिन् । युवालाई देशले सपना देखाउनै नसकेको उनको तर्क छ । ‘यो गर्नुपर्ने कांग्रेसले हो नि तर काँग्रेस कहाँ छ कुन अवस्थामा छु,’ सुजाता प्रश्न गर्छिन् ।
उनले १४औं महाधिवेशनमा परिवार विघटित हुँदाको पीडा अहिले जनताले पाइरहेको बताइन् । बुबाहरूले देश विकासको सुन्दर सपना देखेको र त्यसकै लागि जीवनभर लडेको उनले सम्झिइन् । बीपी बुबाको राजनीतिक जीवनमा परिवारले साथ दिएको सम्झँदै उनले अब शेखर दाले त्यो साथ पाउने उद्घोष गरिन् । त्यसका लागि सबै परिवारसँग छलफल गरिरहेको बताइन् । सपरिवार एक हुने संकल्प गरिन् । नेपाली राजनीतिमा नेपाली कांग्रेसमा कोइराला परिवारको नाम श्रद्धाले लिइन्छ । तर, गिरिजाप्रसाद र सुजाताले गर्दा कांग्रेस बदनाम भएको तर्क गर्नेहरू पनि छन् । त्यतिबेला भन्दा अहिले कांग्रेस झनै कमजोर भएको छ । गुण्डागर्दी, पैसावाल, डन, उद्योगी, व्यापारीले पार्टी कब्जा गरेका छन् । बिपीले देखेको समाजवाद अक्षरमा मात्रै सीमित छ ।
आफूमाथि यसअघि लागेका दागहरूलाई मेटाउँदै कमजोर भएको पार्टीको अस्तित्व उठाउने संकल्पमा सुजाता छिन् । उनी परिवार मात्रै एक गराउँदै छैनन् कांग्रेस र देश एक बनाउने अभियानमा छिन् । त्यो सपना र संकल्प उनको मुहारमा स्पष्ट देखिन्छ । हेरौं उनको अभियान कति सफलविफल हुन्छ ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।