५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृत व्यक्तिकाे प्राेफाइल धेरै हुने

फेसबुकमा मृत मानिसको संख्या तीव्र रुपले बढीरहेको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको एक अध्ययनले अबको ५० वर्षपछि २०७० सम्म फेसबुकमा जीवित मानिसभन्दा धेरै मृत व्यक्तिको प्रोफाइल हुने बताएको छ । 

युनिभर्सिटीको अध्ययनले फेसबुकको वर्तमान ग्रोथअनुसार ५० वर्षपछि २.३ अरब प्रयोगकर्तामध्ये करिब १.४ अरब प्रयोगकर्ताको मृत्यु भइसक्ने देखाएको छ । 

स्टडीका सहलेखक वाट्सनले पछि इतिहासकारलाई मृत्यु भएका व्यक्तिको फेसबुक एकाउन्ट हेर्न पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । यस्ता प्रोफाइलले इतिहासकारलाई विगतको बारेमा जानकारी पाउन निकै सहज हुने उनको भनाइ छ । 

मानव व्यवहारसम्बन्धी उत्कृष्ट अर्काइभ योभन्दा अरु हुन नसक्ने वाट्सनको दावी छ । 





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार ९:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया