logo-img

नेप्से परिसूचक ८.१८ अंकले घट्याे, २१ अर्ब ५१ करोड ५० लाखकाे कारोबार

साताकाे तेस्राे दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ८.१८ अंकले घटेकाे छ । अघिल्ला चार दिन २८० अंकले बढेको नेप्सेमा मंगलबार एकल अंकले करेक्सन भएर २ हजार ९ सय २३.४६ अंकमा बन्द भएको हाे । 

मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घट्यो, बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । उक्त दिन २ हजार ६ सय ६५ वटा कारोबारबाट ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उक्त दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा, सामूहिक लगानी कोष र अन्यको परिसूचक घटे । बाँकी बैंकिङ, वित्त कम्पनी, लगानी, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक बढे ।

निर्जीवन बिमाको परिसूचक सबैभन्दा धेरै १ सय ४५.६७ अंकले र सबैभन्दा कम सामूहिक लगानी कोषको ०.०१ अंकले घटे । यस्तै, जीवन बिमा उपसमूहको परिसूचक सबैभन्दा धेरै ७९.७३ अंक र लगानीको सबैभन्दा कम ०.०९ अंकले बढे ।





  • प्रकाशित मिति : साउन २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया