logo-img

कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाे छ । कुलमानले भ्रष्टाचारको गरेकाे दाबी गर्दै नेपाल प्रहरीका पूर्वडिआईजी रमेश खरेलले अख्तियारमा उजुरी दिएका हुन् । 

खरेलले कुलमानविरुद्ध प्रमाणसहित उजुरी दिएको दाबी गरेका छन् । राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी घिसिङले पिपिए गरेको खरेलकाे उजुरीमा उल्लेख छ । 

कुलमानले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा पर्ने गरी कानुन मिचेर ६६ वटा कम्पनीसँग पिपिए गरेकाे उनकाे जिकिर छ । ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पिपिए गर्दा उक्त घोटाला भएको उजुरीमा उल्लेख छ । यस्तै घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको पनि उजुरीमा उल्लेख छ ।

विद्युत नियमन आयोगको स्वीकृति लिँदा आयोगलाई शुल्क बुझाउनुपर्नेमा विनास्वीकृति पिपिए गरेर राज्यलाई घाटा पुर्याउने काम भएको उनले दाबी गरेका छन् । 





  • प्रकाशित मिति : साउन २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया