नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आर्थिक र राजनीतिक गतिविधि सही बाटोमा नहुँदा पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा उनले व्यवस्था आफैँमा खराब र असल नहुने भन्दै त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण भएको बताइन् । युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने उनको सुझाब छ ।
उनले भनिन्, ‘व्यवस्था आफैँमा खराब र असल भन्ने कुरा हुँदैन । व्यवस्थालाई कसरी सञ्चालन गर्ने भन्ने कुरा हेर्नुपर्छ । हाम्रो आर्थिक अवस्था, राजनीतिक गतिविधिले गर्दा देशमा रोजगारी सिर्जना गर्न सकिरहेका छैनौँ ।’
यसको साथै उनले देश आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेको भन्दै यस्तो कृषिले देश विकासमा सहयोग नपुग्ने बताइन् ।
उनले भनिन्, ‘हामी आजसम्म पनि निर्वाहमुखी कृषिमा रमाइरहेका छौँ । व्यावसायिक कृषिमा जान सकेका छैनौँ । यसरी नै जाने हो भने हामी कतै पनि पुग्न सक्दैनौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।