२६ माघ, २०८२ साेमबार
Feb. 9, 2026

नेप्से परिसूचक ३४.२९ अंक बढेर २९५७.७५ विन्दुमा पुग्यो

आज नेप्से परिसूचक ३४.२९ अंक बढेर २९५७.७५ विन्दुमा पुगेको छ । अघिल्लो दिन २१ अर्ब ५१ करोडको कारोबार भएकोमा आज २३ अर्ब ४३ करोडको कारोबार भएको हो । 

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६२ अंक बढेको छ।



आज  ३३२ स्टकको २ लाख ४४ हजार पटकको कारोबारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बराबरको ५ करोड १२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दोस्रो बजारका लगानीकर्ताहरु फाइनान्स कम्पनीहरुतर्फ आकर्षित भएको देखिन्छ। यस दिन १३ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। सो उपसमूहका १५ वटै कम्पनीहरुको शेयरमूल्य यस दिन बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। 





  • प्रकाशित मिति : ३० साउन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया