३ महिनादेखि अन्धकारमा डोल्पा

डोल्पा– विद्युत् आपूर्ति रोकिँदा तीन महिनादेखि डोल्पा सदरमुकाम अन्धकारमय छ । सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा एक्सरे मेसिन नचल्दा समस्या उत्पन्न भएको छ ।

अस्पतालमा जडित सोलारले पनि काम गरेको छैन । जिल्ला अस्पतालमा एक्सरे गर्ने बिरामीका आफन्तले मोटो रकम तिरेर आफैँ जेनेरेटर भाडामा लिई एक्सरे गर्दै आएका छन् ।

स्थानीय जैरीगाड जलविद्युत् आयोजनाको नहर सुक्खा पहिरोले भत्काएपछि डोल्पाका १२ सय घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको हो ।  

बजुली नहुँदा विद्यार्थीको पढाइमा परेको छ भने डोल्पामा रहेका बैंक सञ्चालनमा समस्या भएको छ । स्थानीय रेडियोले जेनेरेटर प्रयोग गरी समाचार मात्र प्रसारण गर्दे आएका छन् । 

अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणबाट ५९ लाख रुपैयाँ विनियोजन भए पनि त्यो डोल्पा पुगिसकेको छैन । रकम आउनेबित्तिकै काम सुरु गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार ११:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया