मञ्चनको अन्तिम तयारीमा ‘आँधीको मनोरम नृत्य’

काठमाडौँ– काठमाडौँका विभिन्न थिएटरहरूमा एकपछि अर्को नाटक हुने क्रम जारी छ । यसलाई निरन्तरता दिँदै अहिले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘आँधीको मनोरम नृत्य’ को रिहर्सल भइरहेको छ । नाटक मञ्चनको अन्तिम तयारीमा पुगेको छ । 

नाटकको लेखन घिमिरे युवराजले गरेका हुन् । नाटकको परिकल्पना तथा निर्देशन घिमिरे युवराज र अमजद प्रवेजको रहेको छ भने निर्देशनमा अवतार पाठकले सघाएका छन् । 

नाटकमा किशोर–किशोेरीको मनोविज्ञान र उनीहरूले भोगिरहेको जटिल समयलाई नाटकको कथावस्तु बनाएको निर्देशक घिमिरेले बताए ।

फरकधारसँग कुरा गर्दे घिमिरेले भने, ‘किशोर–किशोरीहरूको मनोविज्ञान र उनीहरुले भोगिरहेको ‘कम्प्लेक्स’ समयलाई बुझ्न सक्नु ठुलो कुरा रहेछ । पुस्तान्तरण स्वभाविक प्रक्रिया हो । नयाँ पुस्ताले नयाँ सम्भावना बोकेर आउँछ । तर, प्रविधि, सहजिकरण र पारिवारिक संरचनाको विनिर्माणसँग किशोर मन झन ‘कम्प्लेक्स’ हुँदै जान्छ ।’ 

नाटकमा यही जटिलतालाई बुझेर किशोर–किशोरीको मनोविज्ञानलाई उतार्दै उनीहरूकै दृष्टिकोणबाट कथालाई प्रस्तुत गर्ने जमर्को गरेका छन् । 

नाटकमा सौभाग्य सिंह, सविन कट्टेल, मन्जु श्रेष्ठ, पवित्रा खड्का, झकेन्द्र बि.सि., ज्याक बराल, निस्सिम श्रेष्ठ, दिवेन कार्की, विमल सम्बाहम्फे, मोहन महत, रविन परियार, संगिता उराँव, गोविन्द ओली, सन्जु कार्की, विवेक चौलागाई, प्रकाश खनाल, सन्तराम पासी, प्रेम खतिवडा, हिमाल भुजेल, सुरेश सार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।



त्यसैगरी प्रत्यक्ष संगीतमा स्मारिका फुयाल, निमन चित्रकार, रविन परियार, सन्तोष कपाली रहेका छन् । त्यसैगरी सुमित भण्डारी, सन्जय शाही, यशोदा सापकोटाले सहयोगीका रूपमा रहेका छन् ।

नाटक यही २१ देखि जेठ ६ गतेसम्म गरिने मञ्चन गरिनेछ ।



  • प्रकाशित मिति : बैशाख १६, २०७६ साेमबार १२:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया