logo-img

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रहेकामा एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६९ रहेकामा एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ७० रहेकामा एक सय ६५ कायम गरिएको छ ।

साथै, डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रहेकामा एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि एक सय ५७ रहेकामा एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५८ रहेकामा एक सय ५५ कायम गरिएको निगमले जनाएको छ । 



पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा  सुर्खेत र दाङ  तथा तेस्रो वर्गमा पोखरा, काठमाडौं, दीपायललाई राखिएको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया