नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय दायित्वलाई खलल पार्ने र बैकिङ्ग सिस्टमलाई नकारात्मक असर पार्ने गरी हुने कामलाई कसुर मान्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफल उनले बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुन पुनर्लेखन गर्न आवश्यक रहेको भन्दै बैंकिङ सिस्टमलाई नकारात्मक असर पार्ने गरी हुने कामलाई कसुर मान्नुपर्ने धारणा राखेका हुन् ।
‘बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकको मस्यौदालाई पुनः लेखन गर्न आवश्यक छ । कसुरको मुख्य उद्देश्य के हो भने विषयमा स्पष्ट हुनु जरुरी छ । जनताले गरेको डिपोजिटलाई दुरुपयोग हुनेगरी कर्जाको रूपमा प्रवाह गरेर खराब नियतले दुरुपयोग गर्न मिल्दैन । डिपोजिटहरूको अहित हुनेगरी समग्र सिस्टममा बैंक वित्तीय संस्थालाई असर पार्ने र वित्तीय दायित्वलाई खलल पार्ने काम गर्न मिल्दैन,’ गभर्नर अधिकारीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।