logo-img

शंकर पोखरेलको दाबी : भ्रष्टाचारको मुद्दामा एमाले नेतृत्व सुरक्षित छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने नेकपा एमालेको नेतृत्व सुरक्षित रहने बताएका छन् ।

शुक्रबार नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा एमाले निर्दोष रहेको भन्दै निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नुपर्ने बताए ।  

‘हामीले पहिला पनि भन्दै आएका छौँ । हरेक चर्चामा रहेका भ्रष्टाचारको विषयमा छानबिन गर्ने हो भने एमालेको नेतृत्व त्यसबाट सुरक्षित हुनेछ । जसले आरोप लगाइरहेका छन्, उनीहरू नै डामिने छन् । यसमा हामीले निर्भयताका साथ आफूलाई प्रस्तुत गर्न सक्नु पर्छ,’ पोखरेलले भने ।

उनले मुलुक बनाउनको लागि नेतृत्वलाई स्थापित गर्नुपर्ने भन्दै हाम्रो समाज बनेको नेतृत्वलाई बदनाम गर्ने कृतिम आरोप लगाउने खालको भएको बताए । 

‘नेपालका प्रमुख राजनीतिक दलहरू जसले राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व गरेर आए उनीहरूको समय सकियो भन्ने भाष्य खडा गर्ने प्रयास भइरहेको छ । पुरानालाई हटाएर नयाँलाई अवसर दिनुपर्छभन्दा राम्रो लागे पनि यस्तो दृष्टिकोणको आधारमा कुनै देश बनेको देखिँदैन । मुलुक बनाउने हो भने नेतृत्वलाई स्थापित गर्नुपर्छ । तर, बनेको नेतृत्वलाई बदनाम गर्ने कृतिम आरोप लगाउने परम्परा छ,’ पोखरेलले भने ।



नेपालको राजनीतिमा आइरहेका बदलाव र चुनौतीको बारेमा जुन हिसाबले युवाका बीचमा बहस हुनुपर्ने हो त्यो नभएको भन्दै त्यसको सट्टामा सामाजिक सञ्जालमा आउने दूषित विचारबाट युवा पुस्ता भ्रमित भइरहेको पनि उनको भनाइ छ ।  



  • प्रकाशित मिति : साउन ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया