logo-img

गाजा युद्धमा घाइते भएका ४१ प्यालेस्टिनीलाई उपचारका लागि मलेसिया लगिँदै

गाजा युद्धमा घाइते भएका ४१ जना प्यालेस्टिनी नागरिकलाई शुक्रबार उपचारका लागि मलेसिया लगिएको अधिकारीले बताएका छन् । 

८ महिनादेखि ६२ वर्ष उमेर समूहका प्यालेस्टिनीलाई मलेसियाली वायु सेनाको दुईवटा यातायात विमानमा इजिप्टको राजधानी कायरोबाट उपचारका लागि बहुसंख्यक मुस्लिम राष्ट्रमा लगिएको हो । 
 
‘हामीले यो मिसन विशुद्धरूपमा मानवीय दृष्टीकोणबाट प्यालेस्टाइनका जनतासँग हाम्रो एकता देखाउनका लागि गरेका हौँ’, मलेसियाका रक्षामन्त्री मोहम्मद खालिद नोर्डिनले भने ।

घाइतेको स्थिति १९ घण्टासम्मको उडानको लागि ठीक छ वा छैन भन्ने मूल्याङ्कनपछि मात्र उनीहरूलाई उपचारका लागि लगिएको नोर्डिनले बताए ।

घाइतेहरूका साथमा परिवारका ८६ जना सदस्य वा नजिकका आफन्त थिए । 

इजरायली आधिकारिक तथ्याङ्कअनुसार ७ अक्टोबरमा हमासले इजरायलमा गरेको अभूतपूर्व आक्रमणबाट गाजा युद्ध सुरु भएको थियो  जसको परिणामस्वरूप १ हजार १९८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश आम नागरिक थिए ।  





  • प्रकाशित मिति : साउन ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया