नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले देशको कार्यकारी प्रमुखदेखि प्रधानमन्त्री, मन्त्रीले इमान्दारकासाथ काम गरे सुशासनको प्रत्याभूति हरेक ठाउँमा दिन सकिने धारणा राखेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘सुशासनको क्षेत्रमा देखिएका चुनौती’ विषयक कार्यक्रममा उनले बदमासी गर्ने व्यक्ति सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्ने प्रवृत्तिले काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो भएको बताए ।
‘जसले बदमासी गर्छ त्यो सबैभन्दा पहिला सबै नेतृत्वको घरमा पुग्दो रहेछ । काम गर्ने वातावरण सृजना हुन अप्ठ्यारो रहेछ । देशको कार्यकारी प्रमुख, भ्रष्टाचार निवारण आयोगका प्रमुख आयुक्त, प्रधानमन्त्री, महालेखा परीक्षक त्यति मात्रै नभइ सम्बन्धित मन्त्रीहरू इमान्दारिकासाथ काम गर्छु भनेर लाग्ने हो भने आधा समस्या त्यसै हल हुन्छ । सुशासनको प्रत्याभूति हरेक ठाउँमा दिन सक्छौँ,’ खतिवडाले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।