logo-img

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५२ हजार ६ सय पुग्यो
फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत २९ साउनमा सुनको मूल्य तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, गत शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।  





  • प्रकाशित मिति : भदौ २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया