logo-img

सुप्रिम सहकारी अपचलनमा मुछिएका रास्वपा सहमहामन्त्री आचार्यसँग बयान

संसदीय छानबिन विशेष समितिले रास्वपा सहमहामन्त्री विपीनकुमार आचार्यसँग सहकारी रकम अपचलनबारे बयान लिएको छ। आचार्यको नाम सुप्रिम बचत तथा ऋण सहकारी रकम अपचलनमा जोडिएको छ।

सहकारीबाट २०७८ पुस १२ गते विपीनकुमार आचार्यको नाममा १ करोड ५६ लाख १५ हजार ऋण स्वीकृत भएको र उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा गरेको आरोप छ।

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिकाे सिंहदरबारमा आइतबार बसेको बैठकले सहकारी रकम अपचलन विषयमा आचार्यसँग बयान लिएको हो। उनले दिएको बयानलाई सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित रेकर्डमा राखिएको छ। 

संसदीय समितिले पछिल्लो समय सरोकारवाला निकायसँगै सहकारी ठगीमा मुछिएकालाई कारागारबाट झिकाएर समेत समितिले निरन्तर छलफल गरिरहेको छ।

यसअघि सदनमा सहकारी प्रकरणमा छानबिन गर्नुपर्ने आवाज उठेपछि गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन गरिएको थियो।





  • प्रकाशित मिति : भदौ २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया