logo-img

करेन्ट चाउचाउको बिक्रीमा अदालतले रोक लगाएको छैन, दुष्प्रचारको पछि नलाग्नू : यशोदा फुड्स

करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले करेन्ट चाउचाउ बिक्रीबारे दुष्प्रचार भएको बताउँदै त्यसको पछि नलाग्न आम उपभोक्तालाई अपिल गरेको छ । यशोदा फुड्स प्रालिले आफूहरूको उत्पादनको बिक्रीवितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रचार भएको प्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएको हो । 

यशोदा फुड्सले आफूले उद्योग बिभागबाट प्राप्त गरेको ‘करेन्ट’ नामको ट्रेडमार्क र लेबलका प्रमाणपत्र पनि सार्वजनिक गरेको छ ।कम्पनीले करेन्टको ट्रेडमार्क, लेबलसमेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गरेको दबी गर्दै हाल प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको जनाएको हो । 

सो निवेदनमा उद्योग विभागले सिजी फुडसको दावी नपुग्ने र यशोदा फुडसले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी गत जेठ २९ फैसला गरेको थियो । सो फैसला उपर सिजी फुड्सले उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन विक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरेको थियो ।

उक्त निवेदनमा उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाईमा भनिएको छ ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परिक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट मिति २०८०/०२./२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो ।’

उक्त आदेशलाई सर्वोच्च अदालतले साउन ३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी आदेश भएको थियो । तर अदालतको आदेशको अपव्याख्या भएको यशोदा फुड्ले जनाएको छ । सो आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुड्सको उत्पादनको विक्री वितरणमा दुष्प्रचार गरेको कम्पनीको भनाइ छ । 





  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया