logo-img

देउवालाई लाेसपा महासचिवकाे आग्रह : छैटौँपटक प्रधानमन्त्रीको आकांक्षाले गठबन्धन नभत्काउनुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव डा. सुरेन्द्र झाले वर्तमान गठबन्धन नभत्काउन अनुरोध गरेका छन् । 

मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृतिसभामा उनले छैटौँपटक प्रधानमन्त्रीको आकांक्षाले गठबन्धनको भविष्य तलमाथि नपारिदिन आग्रह गरेका हुन् । 

नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताउँदै झाले प्रधानमन्त्री बन्नभन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न देउवालाई आग्रह गरे । 





  • प्रकाशित मिति : भदौ ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया