logo-img

कांग्रेस सभापति देउवालाई ३२ वर्षअघि लगेको पुस्तक फिर्ता गर्न आग्रह

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३२ वर्षअघि लगेको एउटा पुस्तक फिर्ता नगरेको विषयले चर्चा पाएको छ ।

काठमाडौंको बत्तीपुतलीमा आयोजित स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृति सभामा अभियन्ता भारती सिलवालले कांग्रेस सभापति देउवालाई धेरै वर्षअघि लगेको आफ्नो एक पुस्तक फिर्ता गर्न आग्रह गरेपछि अधिकांश वक्ताले सोही विषयलाई लिएर देउवाको व्यंग्य गरेका छन् । 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारती सिलवाल गिरिले कांग्रेसका सभापति देउवा पढ्ने व्यक्ति भएको सन्देश दिन खोजेको भन्दै व्यंग्य गरे । पोखरेलले स्व. प्रदीप गिरिकी पत्नी भारतीले ३२ वर्षअघि देउवाले पुस्तक लगे पनि फिर्ता नगरेको आरोप लगाएकी थिइन् । सोही प्रसंगमा सम्बन्धित रहेर उनले यस्तो बताएका हुन् ।

उनले भने,‘आज भन्दा ३२ वर्षअघि प्रमुख अतिथिजीले उहाँबाट एउटा किताब लिएर जानुभएछ । ३२ वर्षपछि उहाँले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो मलाई लागेन । उहाँले बडो जोडका साथ भन्नुभयो, तर पुस्तक पाइन्छ भनेर चर्चा गरेको ठानेको छैन । त्यसले दुई सन्देश देखेको छु । एउटा नेपालका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो । दोस्रो कुरा, राजनीति गर्ने मान्छेले पढ्नु पर्दछ जे.कृष्णमूर्तिको जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो ।’

सिलवालले शेरबहादुर देउवाले आफ्नो अनुमतिविना किताब लगेको र अझैसम्म फिर्ता नदिएको बताएकी थिइन् । उनले १९९० तिर देउवाले आफ्नो कोठाबाट जयकृष्णमूर्तिको किताब लगेको बताइन् ।

उनले भनिन्,‘मेरो एउटा किताब जयकृष्णमूर्तिको हातमा लिएर जान थाल्नुभयो मेरो अनुमतिविना । के थियो त्यसको नाम याद छ शेरबहादुरजी तपाईंलाई ?’ उनले आफू ३२ वर्षअगाडिको किताबको प्रतीक्षामा रहेको बताइन् ।





  • प्रकाशित मिति : भदौ ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया