नेपालमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका भुटान र माल्दिभ्स खेल्दै छन् । यी दुई टिमबीचको खेल दिउँसो ३ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
प्रतियोगितामा दुवै टिम पहिलो जितको खोजीमा छन् । भुटानले पहिलो खेलमा भारतसँग १–० को हार बेहोरेको थियो । सेमिफाइनल सम्भावना जीवित राख्न ऊ आज जित्नैपर्ने दबाबमा छ । माल्दिभ्स पहिलो खेल खेलिरहेको हो ।
ऊ आज भुटानलाई हराउँदै एक खेल अगावै सेमिफाइनलको यात्रा गर्न चाहन्छ । हालसम्म माल्दिभ्स सेमिफाइनल पुग्न सकेको छैन । भुटानले भने एकपटक उमेर समूहको साफ सेमिफाइनल खेलिसकेको छ ।
जारी प्रतियोगितामा समूह ‘ए’ बाट नेपाल र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशसँग खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।