अर्थमन्त्री विष्णु पौडेलले युवाहरूका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै उनले सृजनशील युवाहरूलाई राष्ट्रिय उत्पादनमा प्रयोग गर्नुपर्ने आजको आवश्यकता भएको बताएका हुन् ।
उनले भने, ‘सृजनशील युवाहरूलाई राष्ट्रिय उत्पादनमा प्रयोग गर्नुपर्ने आजको आवश्यकता छ, यसका लागि स्टार्ट अप कार्यक्रम सुरु गर्नुपर्ने देखिएको छ , राष्ट्र निर्माणको अभियानमा देशभित्रै रोजगारीको अवसर खोज्न सम्पूर्ण युवा युवतीहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु ।’
साथै उनले युवाहरूलाई बिउ विजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा सरकार रहेको जानकारी गराए । उनले भने , ‘युवाहरूलाई बिउ विजन उपलब्ध गराउनका लागि एक अर्ब रुपैयाँको फण्ड बनाएर स्टार्टअप गर्ने तयारीमा छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।