logo-img

आज झिनो अंकले बढ्यो नेप्से

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । धेरै कम्पनीको शेयर मूल्य घट्दा पनि नेप्से भने बढेको हो । आज सेयर बजार २.११ अंकले बढेर २९६८.४४ को विन्दुमा कायम भएको छ ।

आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा पाँच वटा उपसूचक मात्र हरियाली भएको छ ।

आज १३ वटा समूहमध्ये ५ वटा समूहमात्रै बढ्दा अन्य बाकी सबै समूह राताम्य रहेको हो । आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी, मल्टिप्रपोज फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । 

यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६६ करोड २ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ४५ करोड ७८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । 

त्यस्तै यस दिन एभरेष्ट बैंकको ४५ करोड ९ लाख ६२ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३६ करोड ८० लाख ६५ हजार रुपैयाँ र सिइडिबी हाइड्रोपावरको ३६ करोड ५३ ला २६ हजार रुपैयाँको कारोबार भएको हो । 





  • प्रकाशित मिति : भदौ ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया