एएफसी यू-१९ महिला च्याम्पियनसिप, नेपाल म्यानमार भिड्दै

 काठमाडौं– एएफसी यू-१९ महिला च्याम्पियनसिपको दोस्रो चरणको छनोटअन्तर्गत आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदै छ ।

यसअघि अष्ट्रेलिया र उज्वेकिस्तानसँग पराजित हुँदै छनोट चरणबाट बाहिरिसकेको नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेलमा म्यानमारसँग खेल्न लागेको हो ।

अंक तालिकामा म्यानमार तीन अ‌ंकसहित दोस्रो स्थानमा छ ।

पहिलो खेलमा नै अष्ट्रेलियासँग ११-१ को फराकिलो अन्तरले पराजित भएको नेपाल आफ्नो दोस्रो खेलमा उब्जेकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको थियो ।

आजकाे खेल मण्डलर थिरी स्टेडियममा नेपाली समय अनुसार ३ बजेर १५ मा सुरु हुनेछ ।





  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार ७:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया