एजेन्सी– बलिउड अभिनेता रणबीर कपुर आजभोलि अभिनेत्री आलिया भट्टसँग सम्बन्धमा छन् भन्ने कुरा निकै चर्चामा छ । यसअघि चाहिँ उनी अर्की अभिनेत्री क्याट्रिना कैफसँगको सम्बन्धमा थिए । तर, तीन वर्ष पहिले सन् २०१६ मा यी दुईको सम्बन्धमा खटपट भयो, ब्रेकअप भयो । ब्रेकअप भएको नै लामो समय भएकाले हुनुपर्छ, अब क्याट्रिना यसबारे बोल्न थालेकी छिन् ।
एउटा भारतीय मिडियालाई अन्तर्वार्ता दिँदै क्याट्रिनाले भनेकी छिन् कि यो सम्बन्ध विच्छेद हुनुमा उनी नै खास जिम्मेवार हुन् । ‘म यो सम्बन्ध सकिनुको जिम्मेवारी लिन्छु,’ उनले भनेकी छिन्, ‘मैले धेरै समस्याहरु सामना गरिरहेको थिएँ, तर मलाई मेरी आमाले राम्रोसँग सबै कुरा सम्झाउनु भयो ।’ क्याट्रिनाले आफू सम्बन्धमा हुँदा निकै राम्रो महसुस गर्ने गरेको पनि बताएकी छिन् । उनले आफ्नो मन कसैले पनि नदुखाएको भन्दै आफूले त्यो समस्या भोग्दा पनि सबैले साथ दिएको बताइन् । यतिमात्र होइन, क्याट्रिनाले आफूलाई साथीहरुभन्दा पनि शत्रुहरुप्रति बढी विश्वास भएको बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।