उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व र अन्य समयमा खाद्यान्नको अभाव नहुने बताएका छन् ।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले नयाँ करका दरहरू हेरफेर हुँदा बजारमा मूल्यको प्रभाव परे पनि खाद्यान्न वस्तुको अभाव नहुने बताएका हुन् ।
उनले भने, ‘चाडपर्वलाई विशेष लक्षित गरेर अहिलेको अत्यावश्यक र दैनिक खाद्य तथा उपभोग्य वस्तुको अभाव हुने छैन् । मूल्य शृंखला यतिखेर जुन स्तरमा छ । खासगरी चालू आर्थिक वर्षको बजेटको आसपासमा छ । बजेट आइसकेपछि बजेटका दरमा कर सरकारले निर्धारण गर्छ । कर निर्धारण भइसकेपछि त्यसको केही असर बजारमा जान्छ नै । त्यसले गर्दा थोरै मूल्य त्यसको दबाबमा पर्नु स्वाभाविक हो ।’
साथै उनले खुला सीमाका कारण नेपाली बजारमा प्रभाव परिरहेको बताए । उनले खुला सीमामा निगरानी, अनुगमन र प्रणालीमा सुधार गर्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।