logo-img

लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्छ : मन्त्री सिंह

नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन् ।

शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताएका हुन् ।  

उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाब दिन पनि आग्रह गरे । अहिले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ ।

‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरूको शीर उच्च हुने गरि काम गर्नेछु,’ सिंहलाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

त्यस्तै, फरक सन्दर्भमा नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् । 

कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताएका हुन् ।
 





  • प्रकाशित मिति : भदौ ७, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया