logo-img

घाइतेहरूको उपचारमा कमी हुँदैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिएका छन् । उनले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर घाइतेहरूको जानकारी लिएका हुन् ।

शनिबार दुर्घटनाबारे बुझ्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेसँगै गृहमन्त्री पनि अस्पताल पुगेका थिए । सोही क्रममा गृहमन्त्री लेखकले घटना दुखद् भएपनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैको प्रयासले केही मानिसलाई बचाउन सफल भएको बताए ।

उनले भने, ‘सडक दुर्घटनाहरू धेरै भइरहेका छन् । यही सिलसिलामा भारतबाट पर्यटकका रूपमा आउनु भएका मानिसको दुर्घटनामा मृत्यु भयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सबैले मेहेनतका साथ उद्धार गरेर केहीलाई बचाउन सफल हुनु भएको छ ।’

यस्तै, उनले घाइतेहरूको उपचार भइरहेको भन्दै केहीको अवस्था गम्भीर र केहीको अवस्था सुधारात्मक रहेको बताए । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकाेप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएकाे थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया