logo-img

युवाहरूले गरे बालुवाटार घेराउ, भ्रष्टाचारमा हदम्याद अमान्य

भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल गर्न मागसहित युवाहरूले बालुवाटार घेराउ गरेका छन् । शनिबार भ्रष्टाचारमा हदम्यादको कुरा स्वीकार्य नहुनेलगायत विभिन्न मागहरु राख्दै युवाहरूको समूहले बालुवाटारमा आन्दोलन गरेका हुन् ।

सोही क्रममा, नागरिक पहिलो अभियान केन्द्रीय जनपरिचालन कार्यदलको संयोजक मिलन कान्छा किरातीले देशमा वैधानिक रुपमा लुट मच्चाइ रहेको भन्दै बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई चेतावनीको रूपमा पनि घेराउ गरेको बताए ।

उनले भने, ‘अहिले देशमा वैधानिक रुपमा लुट मच्चाइएको छ । यो नागरिकले सहन सक्दैँन् । देशको विकास गर्ने हो भने भ्रष्टाचारलाई पहिलो नम्बरमा सकाउनु पर्छ र संविधानको लागि काम गर्नुपर्छ । बालुवाटारमा बस्ने प्रधानमन्त्रीलाई एउटा चेतावनीको रुपमा पनि घेराउ हो । बालुवाटारमा बसेर ठिक ढंगले काम नगर्ने हो भने खाली गर्नुपर्ने अवस्था आउँछ भनेर सचेत पनि गराउन आएका छौ ।’

यस्तै उनले देशको समृद्धि र विकासको लागि सबैभन्दा पहिला भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्ने भन्दै भ्रष्टाचारलाई पनि हदम्याद राखेर वैधानिक बनाउने कुरा स्वीकार्य नभएको बताए ।



उनले भने, ‘मुठिभरका शासक र दलहरूले देशका युवाहरूलाई र जनताको अधिकारलाई खोस्नु भएको छ । खोसिएको अधिकार र देशको समृद्धि एवं विकासका लागि पहिले भ्रष्टाचार र भ्रष्टाचारी दुवैलाई निर्मूल पार्नुपर्छ । भ्रष्टाचारलाई हदम्याद राखेर वैधानिक बनाउने कोसिस भएको छ । पाँच वर्षको हदम्याद कुनै पनि हिसाबले लागू हुनुहुँदैन । स्वीकार्य हुदैँन भन्नको लागि युवाहरू सडकमा उत्रिएका छन् ।’



उनीहरूले गिरीबन्धु टी स्टेट, भुटानी शरणार्थी, ललिता निवास लगायतका अनियमितताको काण्डमा अनुसन्धान गर्न तथा ⁠वित्तीय क्षेत्र, बैंक सहकारी, लघुवित्त, मिटरव्याजी पीडितहरूका समस्या तुरुन्त सम्बोधन गर्न माग गरेका छन् ।

  • प्रकाशित मिति : भदौ ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया