logo-img

जहाँ नदीहरू सरर बग्छ, त्यहाँ संस्कृति पनि बगेको हुन्छ : मन्त्री सिंह

नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सबै नदीहरूलाई जोगाएर राख्नुपर्ने बताएका छन् । शनिबार बागमती रिभर फेस्टिबल २०२४ महाजल यात्रालाई सम्बोधन गर्दै उनले  नदी संस्कृतिसँग पनि जोडिएकोले बचाएर राख्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने,‘खास गरेर नेपालका नदीहरूलाई जोगाएर राख्नुपर्छ । नदी हाम्रो धर्म, संस्कृतिसँग पनि मेल खाएको हुन्छ । जहाँ नदीहरू सरर बगेको हुन्छ त्यहाँ संस्कृति पनि त्यहीँ अनुसार बगेको हुन्छ । बागमती सभ्यताको जुन सवाल र अवस्था छ , यसमा सबै मिलेर काम गर्नुपर्छ ।’

साथै उनले बागमती राजधानीको मात्र नभएर देशकै  सम्पत्ति भएको उल्लेख गरे ।  उनले  विभिन्न कालखण्डमा शहरीकरणका कारण तीब्र गतिले बागमती सभ्यता बिग्रेको जिकिर गरे ।

उनले  भने, ‘बागमती राजधानीको  मात्र नभइ देशकै गहना भएकाले बचाउन जरुरी  छ । विभिन्न कालखण्डमा शहरीकरणका कारण बागमतीको सभ्यता बिग्रियो । बागमतीको  पानीको  जुन फ्लोर छ वर्षायाममा मात्र देख्ने गरिन्छ । वर्षायाम सकिएपछि बागमती दुर्गन्धित तरिकाले बगिरहेको हुन्छ । यसमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ ।’





  • प्रकाशित मिति : भदौ ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया